• २०८३ भाद्र १० गते बुधवार

माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा चुमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन् ।शनिबार र आइतबार बिहान बसेको प्रदेश कमिटीको बैठकले चुमानलाई संसदीय दलको निर्वाचनमा निर्वाचित गरेको हो ।

चुमान यसअघि पनि संसदीय दलको नेता थिए । एमाले–माओवादी मिलेर बनेको नेकपाका तर्फबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा पुन चुमान तनहुँबाट निर्वाचित भएसँगै माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस