• २०८२ साउन ३ गते शुक्रवार

यो सरकार देखेर विश्व लज्जित छ : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १४, झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको भन्नुहुँदै सरकारले देशको ढुकढुकी लुटेको बताएका छन् ।

झापामा आयोजित एमालेको मतदातासँग भेटघाट कार्यक्रममा उनले अहिलेको सरकारदेखि विश्व लज्जित भएको भन्दै गठबन्धनलाई कुनै लाज नभएको बताए । उनले भने, “संसद्ले नभएर सेटिङमा भनेको सरकार, असंवैधानिक सरकार, परमादेशबाट बनेको नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा सरकार बनेको छ । केही व्यक्ति बोलाएर अर्थमन्त्रीले करका दर हेरफेर गर्छ । योभन्दा ठुलो देशको ढुकुटी लुट अरू के हुन्छ । यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन ।”

उनले एमालेको विकास, भिजन देखाउन बहुमत नआएपछि माओवादीसँग मिलेर सरकार बनाउनुपरेको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वार्थी रहेको बताउदैदै उनले भने, “प्रचण्ड अस्थिर, स्वार्थी, आफ्नो परिवारको स्वार्थ, नातागोताको स्वार्थ बाहेक केही नदेख्ने, जनताको ज्यानको मूल्य नभएको, अरूका गाडी खोसेर चढ्ने, अरूका घोडा खोसेर चढ्ने मान्छेसँग मिलेर सरकार बनायौँ ।”

प्रतिक्रिया दिनुहोस