विस्वमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या झन बढ्दै गइरहेको छ । नेपालमा पनि तराइका केही जिल्ला र काठमान्डु उपत्यकामा केही बढ्दोक्रम जारी नै छ । तथापी यो रोगबाट आत्तिहाल्नुपर्ने अबस्था नभएपनी सावधानी भने अबस्य अप्नाउनुपर्ने हुन्छ ।
यसै सन्दर्भमाआज प्रधानमन्त्रीले कोरोना संक्रमित बढ्दै गएकोमा बिज्ञहरुसंग छलफल गर्ने कार्यक्रम रहेको छ । यस्तै अन्य समाचारमा लगानी बोर्डको प्रमूख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्ति फेरीपनी भ्रस्टलसी नै मौका दिइएको भनी सरकारको आलोचना, सीमानामा तटबन्ध गर्दा भारतको दादागिरीले तराईका प्राय भाग डुबानमा, प्रहरीमा बढ्दो कोरोना संक्रमणले त्रासको वातावरण, देसका विभिन्न ठाउंमा अझै बाढी पहिरोको प्रभाव , परिक्षणबिनै तरकारी र फलफुल आयात जारी, सर्वसाधारणको निचोडस् बिचौलियाहरुलाई कडा कानुन नभइकन उपाए छैन ।कोरोनाले बिरगन्ज भयग्रस्त , चकमन्न शहर, यदि सरकारले गलत नीति ल्यायो भने यसको परिणाम भोग्ने त आखिर देस र जनताले हो , बिगत ७० वर्षको इतिहासमा तीनपटक ब्यबस्था परिवर्तन गर्ने रोल खेलेको छ भारतले , एमसीसीबारे अहिले बिरोध गर्नेहरु शुरुवातका दिनमा उनीहरुकै प्रयत्न थियो पररास्ट्र मामिला विज्ञ श्रीधर खत्री , सन्दर्भ हाम्रो कूट्नीति संस्थागत भएकै छैन ।
यस्तै तान्त्रिकको खोजीमा घनश्याम भुसालहरु सन्दर्भ नेकपाका भिमकाए नेतागणहरुबारे भविष्यको चिन्ता , कोरोना परिक्षण अब ९० मिनटमा नै : बेलायत , इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या सरकारी आकलन भन्दा तीन गुणा बढी अमेरिकाका अन्तरिक्षयात्री दुई महिनापछि पृथ्वीमा ओर्लिए, अबको तार्गेट चन्द्रमा र मङल ग्रहमा कसरी मानव बस्ती बसाल्न सकिन्छ भन्नेमा नै केन्द्रीत , तर हाम्रोजस्तो अल्पबिकशित र अल्पज्ञानी मुलुकमा भने नेताले नैतिकता र जनताले स्वावलम्बन र कर्तब्यपथ गुमाएपछि , सियोदेखि मियोसम्म, सुनदेखि नुनसम्म , राजनीतिक बिचारदेखि खानाको अचारसम्म परनिर्भता भएकोले बल्ल बल्ल राजनीतिक स्थायित्वको जग बस्यो भनेको फेरि पद, कुर्ची र प्रतिष्टाको दम्भले सताउन थाल्यो ।
कुनै समय युरोपका कयौ देसहरुमा साम्राज्यबादी हाउगुजीहरु पोप, जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस र हिटलर अनि उनका संचारमन्त्री गोयबल्स अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरूको बोलवाला थियो र त्यही निरंकुश शासकको पारिवारिक सत्तालिप्साको जालो भत्काउनका निमित्त सर्वाहारा बर्गको हितनुकूल शासन सत्ता जनताको नेतृत्वमा हुनुपर्छ भनेर नै सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स र फेडरिक एंगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी भएको थियो । यो विश्वविख्यात कम्युनिस्ट घोषणापत्र प्रकाशनसँगै विश्वसर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक मार्गदर्शक सिद्धान्त बन्यो । यसरी सिद्दान्त त बन्यो तर केहि देसहरु यहि सिद्दान्तको जरा समाती कहाँ पुगे तर हाम्रा नेपालका कम्युनिस्ट भने सर्वाहारावर्गको नाममा हात्तीको लुकाउने र देखाउने दांत झै अझै शक्ति र सत्ताको लागि गुटबन्दीमा मौलाएका सुटेड बुटेडजस्ता बन्दैछन १ बिचरा १ कार्यकर्ताहरु र जनताभने बैचारिक भिन्नता नभएका माउ कम्युनिस्टहरु जनताको सेवा गर्न छोडेर किन सत्ताको दाउमा विभिन्न गुट र उपगुटका कोठे बैठकमा ब्यस्त छन भन्ने कुराको जिज्ञासु र ब्यग्रतामा दिन बिताइरहेका छन १ र सुशील भट्टजस्ता भ्रस्टहरुलाई सरकारले लगानी बोर्डको कार्यकारीजस्तो महत्वपूर्ण पदमा किन नियुक्त गर्यो भनी सर्वत्र जनताको जिज्ञासा भएकोले सरकारले अझै यस विषयमा सोच्नुपर्ने बेला आएको छ ।