• २०८३ जेष्ठ २ गते शनिवार

बैशाख भित्रै स्थानीय तहको निर्वाचन गराउन नेकपा एमालेका तिन जिल्ला अध्यक्षको माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, काठमाडौं । काठमाण्डौ उपत्यकामा रहेका काठमाण्डौ,ललितपुर र भक्तपुर जिल्लाका नेकपा एमाले अध्यक्षहरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन गराउन माग गरेका छन। नेकपा एमाले काठमाण्डौका अध्यक्ष दीपक निरौला ,ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य र भक्तपुरका अध्यक्ष बचन देउजाले संयुक्त बैठक बसेर स्थानीय तह निर्वाचन ऐन २०७३ मुताबिक निर्वाचन गर्न सरकार समक्ष माग गरेका हुन्।

माघ १६ गते भएको संयुक्त बैठक पश्चात बिज्ञप्ति जारी गर्दै उनीहरुले भारत सरकारले लिपुलेकमा निर्माण गरिरहेको सडक र महाकाली तटबन्ध निर्माण गर्दा समेत सरकार मुकदर्शक बनेको आरोप समेत लगाएका छन ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस