असार १९, काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले औपचारिक कार्यक्रममार्फत शुक्रबार आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि असार ३ गतेदेखि ८ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । उक्त अवधिमा प्राप्त आवेदनमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका थिए।
बाँडफाँट परिणामअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले गोलाप्रथामार्फत १०–१० कित्ता सेयर प्राप्त गरेका छन् । आईपीओको नतिजा सीडीएससीको मेरोसेयर तथा आईपीओ नतिजा प्रणालीमार्फत हेर्न सकिनेछ ।