• २०८३ बैशाख ५ गते शनिवार

नीलगाई मारेको आरोपमा तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १५, कपिलवस्तु। बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका-८ शिंहखोरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका २ पडेरीयाका मोहम्मद ईमरान र नसुल्ला मुसलमानलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस