• २०८३ बैशाख १४ गते सोमवार

विभिन्न हातहतियार सहित पक्राउ तथा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, बाँके । कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पकाउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँ बस्ने ५५ वर्षीय नकछेद पाछी र बाँके कोहलपुर नगरपालिका-१४ बस्ने ३२ वर्षीय सुरज लामिछाने रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै सिरहा कर्जन्हा नगरपालिका-४ बस्ने २६ वर्षीय राम सुन्दर दासलाई थ्रिनटथ्री राईफलमा प्रयोग हुने १ राउण्ड गोली, ६ थान खोका र भरुवा बन्दुकमा प्रयोग हुने ८ थान छर्रा सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै दाङ लमही नगरपालिका-१ बगल सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक, ५ थान छर्रा र करिब ६ क्यूफिट काठ शनिबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको प्रहरीले उक्त बन्दुक तथा काठ बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस