• २०८३ बैशाख १६ गते बुधवार

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनकाे नियुक्ति कार्यान्वयन नगर्न आदेश

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौं । पाटन उच्च अदालतले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले सो आदेश दिएको हो।

गत पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध आवश्यक मापदण्ड नपुगेको भन्दै पुस २९ गते भरत मरासिनीले रिट दायर गरेका थिए ।

‘विपक्षी लक्ष्मी पुनको व्यक्तिगत विवरणमा उल्लेखित योग्यता र अनुभव सो नियमावलीमा उल्लिखित योग्यता र अनुभवसँग प्रथम दृष्टिमा नै तादात्म्यता रहेको देखिएन….।’आदेशपत्रमा भनिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस