• २०८३ जेष्ठ ५ गते मङ्गलवार

नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैसाख १७, खोटाङ । खोटाङमा आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेका हुन् ।

आफ्नै छोरीलाई घाँटी समाएर डर त्रास देखाएर जबरजस्ती करणी गरेको सूचना आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्नेक्रममा शुक्रबार महेश्वरीबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस