• २०८३ जेष्ठ १ गते शुक्रवार

एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग (पत्र सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ । संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन् ।

कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा आरोप लगाइएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफू कोभिड संक्रमित भएकै बेला एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

‘ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्र पत्रिका एवं सञ्चार सम्प्रेषण भएका छन्। उक्त समाचार र तस्बिर निवेदनका साथ सम्प्रेसण गर्दछौं,’ उजुरी पत्रमा भनिएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस