• २०८३ साउन १३ गते बुधवार

सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६,सोलुखुम्बु । सोलुखुम्बुको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार निर्माणाधीन ८६ मेगावाटको हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको शव भेटिएको हो ।

बिहीवार सुरुङ मार्गमा जाने क्रममा बकेट चुडिँदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारु घाइते भएका थिए । घाइतेको काठमाडौँमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस