• २०८३ बैशाख ११ गते शुक्रवार

मृग मारी लैजादै गरेको अवस्थामा भरुवा बन्दुक सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, संखुवासभा । प्रहरीले मृग मारी लैजादै गरेको अवस्थामा भरुवा बन्दुक सहितएक जनालाई पक्राउ गरेको छ । प्रहरीले चैनपुर नगरपालिका-७ वालेश्वर जंगलबाट १ थान भरुवा बन्दुक र मारेको मृग सहित सोही नगरपालिका-७ फलाटे बस्ने सभापोखरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय दिल बहादुर श्रेष्ठलाई सोमबार बिहान पक्राउ गरेको हो ।

उक्त जंगलमा जंगली जनावरको सिकार हुँदै छ भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट पिलुवा खोलाबाट खटिएको प्रहरीले दिल बहादुरलाई मृग मारी घरतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस