• २०८३ जेष्ठ ५ गते मङ्गलवार

चितुवाको छाला सहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६,बाँके । बैजनाथ गाउँपालिका-५ गायत्री टोल बस्ने २८ वर्षीय याम बहादुर बिश्वकर्मा समेत ३ जनालाई दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा चितुवाको छाला ल्याइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस