• २०८२ साउन २ गते बिहिवार

इलाम १ बाट एमालेका महेश निर्वाचित, झलनाथ खनाल पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ११, काठमाडौं । इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई झण्डै २ हजार ५ मतान्तरले हराउँदै बस्नेत निर्वाचित भएका हुन् ।

बस्नेतले २५ हजार ६९९ मत ल्याउँदा खनालले २३ हजार ४५ मत प्राप्त गरे । जितहारको औपचारिक घोषणा समानुपातिकतर्फको मतगणना सकिएपछि मात्र गरिने निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस