• २०८३ जेष्ठ २३ गते शनिवार

अरिङ्गालले टोकेर बागलुङमा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, बागलुङ। बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोकेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र मंगलबार बिहान घरमै ज्यान गएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस