• २०८३ बैशाख ८ गते मङ्गलवार

नेप्से दोहोरो अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, काठमाडौँ । आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.८२ अंकले घटेर २,२२३.७८ विन्दुमा पुगेको हो ।राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा एकल ग्राहकले प्रति बैंकबाट ४ करोड र पुरै बैंकिङ प्रणालीबट १२ करोड रूपैयाँ मात्र सेयर धितो कर्जा लिन सकिने व्यवस्था गरेको थियो । यसभन्दा अघि नेप्से तीन दिन लगातार बढेको थियो। अघिल्लो दिन नेप्से ८.०३ अंकले बढेर २,२३९.६० विन्दुमा पुगेको थियो ।

बजार घटेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम बढेको छ । शुक्रबार कुल २२३ धितोपत्र तथा ऋणपत्रको ४१ लाख ४० हजार ६६५ सेयर किनबेच हुँदा क अर्ब २९ करोड ८९ लाख ५ हजार रूपैयाँ कारोबार भएको छ । अघिल्लो दिन २३ लाख २४ हजार ६६५ सेयर किनबेच हुँदा ८८ करोड ९८ लाख ३४ हजार ९०८ रूपैयाँ कारोबार भएको थियो ।

शुक्रबार ४६ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १६० वटाको मूल्य घटेको छ । आज सबैभन्दा धेरै बढ्नेमा रुरु जलविद्युत परियोजनाको सबैभन्दा रहेको छ । परियोजनाको ६.१३ प्रतिशतले सेयर मूल्य बढेको हो। यसपछि नारायणी विकास बैंकको ५.३१ प्रतिशतले सेयर मूल्य बढेको छ। दिवेश्वरी हाइड्रोपावर भने आज सबैभन्दा धेरै ३.७५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस