• २०८३ जेष्ठ ६ गते बुधवार

बढ्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । बिहिबार तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँ मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस