• २०८३ जेष्ठ २२ गते शुक्रवार

झापामा अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, झापा । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट ३ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका–२ बस्ने २७ वर्षीय रविन गुरूङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस