• २०८३ जेष्ठ १ गते शुक्रवार

घट्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।

यसैगरी, म‌ंगलबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँ कायम भएको छ । जुन, सोमबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस