• २०८३ जेष्ठ ३१ गते आइतवार

आज प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २३औं स्मृति दिवस मनाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १३, काठमाडौं । प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष स्वर्गिय मनमोहन अधिकारीको २३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा अ‍ोलीलगायतका नेताहरुले मनमोहनको शालिकमा माल्यार्पण गर्नुभएको हो ।


नेपालका सर्वाधिक लोकप्रीय प्रधानमन्त्री मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो । २०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान शुरु भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस