• २०८३ बैशाख १६ गते बुधवार

भिम रावलको प्रश्न “भारतबाट ३८ रुपैया तिरेर बिजुली किन्दा नैतिकता के भो ?”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले नेपालको तत्कालीन र दीर्घकालीन आवश्यकताको यथार्थ मूल्याङ्कन गरेर मात्र विद्युत् बेच्ने कुरा गर्दा “उग्र राष्ट्रवादी” भन्नेहरूलाई अहिले ३८ रुपैया तिरेर ल्याउला नैतिकता के भयो भनेर प्रश्न गर्नु भएको छ । सामाजिक सञ्जालमा उहाँले यथार्थ मूल्याङ्कन गरेर मात्र विद्युत् बेच्ने कुरा गर्दा उग्र राष्ट्रवादीु भन्नेहरू अहिलेको समयमा कुन नैतिकता देखाउदै होलान भनेर प्रश्न गर्नु भएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नु भएको छ : पहिला नेपालको तत्कालीन र दीर्घकालीन आवश्यकताको यथार्थ मूल्याङ्कन गरेर मात्र विद्युत् बेच्ने कुरा गर्नुपर्छ भन्नेलाई ‘उग्र राष्ट्रवादी’ भन्नेहरू अहिले भारतबाट प्रति युनिट रू. ३८ का दरले ४०० मे.वा. लिएर त्यसको १५ अर्ब २० करोड तिर्नुपर्ने स्थिति आउदा के भन्छन् त? नैतिकता के भो?

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस