• २०८३ कार्तिक ६ गते बिहिवार

नेकपा द्धारा गर्ने भनिएको नेपाल बन्द फिर्ता

पढ्न लाग्ने समय : १ मिनेट

चैत १४ , काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता लिएको छ ।

विप्लप द्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा प्रवेशिका परीक्षालाई असर गर्ने कारण देखाउँदै नेकपाले बन्द फिर्ता लिएको घोषणा गरेको हो ।एसईई परीक्षा र नेपाल बार एशोसिएशनको चुनावलाई लक्षित गरी बन्द फिर्ता गरिएको विप्लव समूहका नेता गुणराज लोहनीले पुष्टि गरेका छन ।

चैत ११ गते विप्लप द्धारा हस्ताक्षर गरिएको बन्द सहितको कार्यक्रमको विज्ञप्ती जारी गरिएको थियो भने उक्त दिन नै प्रधानमन्त्रिद्धारा वार्ताका लागि आहन गरिएको थियो ।

यसअघि राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गरी एसईईको समयमा बन्द हड्तालको कार्यक्रम नगर्न विप्लव समूहलाई आग्रह गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस