फागुन १९, ललितपुर । नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको मृत्यु भएको छ ।बिहान सडक पार गर्दै गर्दा स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने १९ वर्षकी अञ्जु दाहालको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिन् । चालकलाई प्रहरीले पक्राउ गरेको छ ।