• २०८३ बैशाख १९ गते शनिवार

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटार जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्न बालुवाटार तर्फ गएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सम्पन्न भए लगत्तै उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार तर्फ गएका हुन् ।

द्विपक्षीय बैठकमा सहभागी हुनुअघि परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्रीले भेटवार्ता गरेका थिए । नेपालको तीन दिने भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस