जेठ २८, गुल्मी । मुसिकोट नगरपालिकाको वडा नं १ थामाडाँडा स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा जेठ २५ गते आईतबार भएको घटना प्रति नेपाल कम्यूनिष्ट पार्टी नेकपा मुसिकोट नगरकमिटी गुल्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस सक्रंमण रोकथामका लागि नगरपालिका भित्र भारत लगायत देशका विभिन्न ठाउँबाट आई क्वारेन्टाईन बसिरहेको र यो महामारीको समय तथा बन्दाबन्दीको अवस्थामा अपनाउने पर्ने सामान्य साबधानी समेत ध्यान नपुर्याई उक्त क्वारेन्टाईनमा हुलहुज्जत पूर्ण कार्य गर्दै सोको भिडियो निर्माण एवम् प्रकाशन भएको प्रति मुसिकोट नगर कमिटी नेकपा गल्मीले प्रेस विज्ञप्ती जारी गर्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेकपा मुसिकोट नगरकमिटी अध्यक्ष खुम थापा मगर र सचिव अग्नीधर लोहनीद्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा क्वारेन्टाईन स्थलमा बसिरहेकाहरु र उनीहरुलाई सेवा दिनेहरु निश्चित भौतिक दुरीमा रहेर शान्त एवम् भीड रहित राख्दै अत्यावश्यक काम सम्पादन गर्नुपर्ने,यो संकट अर्थात महामारी बिरूद्ध उच्च सतर्कता अपनाउनुपर्ने अवस्थामा समुह बटुलेर सामुहिक जमघट, हुलहुज्जत गर्दै रमणीय मेला स्थल जस्तो देखाउने उक्त कार्यले सक्रंमणको स्थिति झनै बढ्ने भएकोले सम्पूर्ण सचेत बन्नुपर्ने बेला त्यसो नगरिएको बताएको छ । साथै जिम्मेवार व्यक्तिहरु र संस्थाहरुले त्यस्ता कार्यलाई रोक्नुपर्नेमा त्यसो नगरिएको प्रति पार्टीको आपत्ती रहेको भन्दै नगरप्रमुख, सैनिक, सुरक्षाकर्मीहरु निरीक्षण अनुगमनमा गएकै बेला व्यवस्थापनमा सहयोग पुर्याउनपर्ने अबस्थामा क्वारेन्टाईनमा बसिरहेकाहरुलाई उत्तेजित गराई भड्काउने प्रयास गरेको निष्कर्ष निकाल्दै त्यस्तो क्रियाकलाप गर्ने,उक्त समूहका ब्यक्ति पहिचान गरि उचित नसिहत दिलाउनु जिम्मेवार राजनितिक दल तथा सामाजिक अगुवाको दायित्वप्रति सचेत हुनुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सक्रांमक महामारीको फैलावट रोकथाम र नागरिकहरुको जीवन रक्षा तथा स्वास्थ्य सुरक्षा क्षेत्रमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा जनप्रतिनिधि माथि अवरोध पुर्याउने र अभद्र क्रियाकलाप गरिरहेमा महामारीको समयमा त्यस्तो गतिबिधि रोक्न नेकपाको सम्पूर्ण शक्ति परिचालित हुने कुरामा समेत सचेत गराईएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
