• २०८३ भाद्र ६ गते शनिवार

सहरी विकासमन्त्रीद्वारा पत्रकार विकको परिवारलाई रु ३२ हजार सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गत बिहीबार निधन भएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई रु ३२ हजार सहयोग गर्नुभएको छ । अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका विकले थोरै पैसाको अभावमा ज्यान गुमाएको समाचार सार्वजनिक भएपछि मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम उपलब्ध गराउनुभएको हो ।

मन्त्री झाँक्रीले मृतक विकको श्रीमतीको अछाममा रहेको नवील बैँकको खातामा रकम ट्र«ान्सफर गरिदिनुभएको उहाँको सचिवालयले जनाएको छ । अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण पत्रकार विकको मृत्यु भएको विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउन पहल गर्नुपर्ने विश्वास व्यक्त गर्नुभएको मन्त्री झाँक्रीले विकप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस