• २०८३ जेष्ठ ६ गते बुधवार

नेप्से आज पनि घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज पनि ३८.४२ अंकले घटेर २७७६.६५ अंकमा बन्द भएको छ । चार दिनसम्म लगातार घट्दा नेप्से आज २८०० को बिन्दुबाट तल झरेको हो ।

बजार परिसूचकसँगै कारोबार रकम पनि सुस्ताउँदै गएको छ । आज बजारमा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजारको कारोबार भएको छ ।घट्दो बजारमा अपी पावरको सर्वाधिक करिब १७ करोडको कारोबार हुँदा अरूण भ्याली हाइड्रोपावरको साढे १३ करोड र अपर तामाकोशीको १० करोडको कारोबार भएको छ ।

आज नेप्सेमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७० कम्पनीको सेयर मूल्यममा गिरावट हुँदा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर रहयो । आज कारोबार भएकामध्ये विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४.९७ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ४.०३ प्रतिशतले घटेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस