• २०८३ कार्तिक ७ गते शुक्रवार

गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने : वरिष्ठ उपाध्यक्ष पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् । आज काठमाडौँमा हिमालयन न्युज एजेन्सीसँग कुरा गर्दै उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रित रहेको बताए ।


एमालेको उद्देश्य राजनीतिक स्थायित्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाइ छ । नीतिहीन, सिद्धान्तहीन र अस्थिरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस