• २०८३ बैशाख १९ गते शनिवार

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको माँयादेवी गाउँपालिका ८ जिग्निहवा बस्ने ५२ वर्षीया मालती बर्गाहको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो ।

आफ्नै घरको विद्युतको बोर्डको स्विच दबाउने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस