मंसिर ८, काठमाडौँ । दाङ क्षेत्र नम्बर २ मा मतगणना जारी छ । अहिलेसम्म गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन्।

निर्वाचन कार्यालयको ताजा मतपरिणाम अनुसार शर्मा एमाले महासचिव शंकर पोखरेलभन्दा ४२३ मतले अघि छिन्।
७२ हजार ८२२ मत गणना हुँदा शर्माले २५ हजार ६७ मत प्राप्त गरेकी छन् भने पोखरेलले २४ हजार ६५४ मत ल्याएका छन्।