• २०८३ बैशाख २६ गते शनिवार

हिमपातका कारण जापानमा एकैदिन झण्डै एक सय उडान रद्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, एजेन्सी। हावाहुरी र हिमपातका कारण जापानमा शुक्रबार एकैदिनमा झण्डै एक सय उडान रद्द भएका छन् । हावाहुरी र हिमपात विशेष गरेर देशको उत्तरी भागमा परेको अत्याधिक हावाहुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स ९जेएएल०ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्द गरेको जनाइएको छ । धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्द भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस