• २०८३ बैशाख १९ गते शनिवार

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, मकवानपुर। हेटौंडा उपमहानगरपालिका-१९ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान भुन्द्रुङबाट बस्तीपुर हाइवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्याक्टर उक्त स्थानको राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाक पुल भाचिंदा राक्सिराङ गाउँपालिका-८ बस्ने २८ वर्षीय सागर स्याङ्ताको मृत्यु भएको हो

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक स्याङ्तान ट्याक्टर चालक हुन् । उनको शव पानीमुनि ट्याक्टरले च्यापिएको अवस्थामा ३ः३० बजेको समयमा फेला परेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस