• २०८३ बैशाख १६ गते बुधवार

स्रोत नखुलेको नगद सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२ , महोत्तरी । मनरासिसवा नगरपालिका-२ कट्टी गाउँस्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ र १ थान मोबाइल सहित भारत सितामढी ग्रामपंचायत सिरसिया थाना बेला-१४ सिरसिया गाउँ बस्ने ३० वर्षीय दिपक कुमार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एडि ८३४६ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी इटहर्वाकट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई कम्मरको भागमा बाँधी लुकाई ल्याएको अवस्थामा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा महोत्तरीमा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस