• २०८३ भाद्र २० गते शनिवार

प्रधानन्यायाधीश विरूद्धको महाभियोग खारेजिको माग गर्दै सर्वोच्चमा दुई रिट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२,काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेको महाभियोगका विरुद्ध सर्वोच्च अदालतमा संवैधानिक रिटको रुपमा दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता बिमल पौडेलले महाभियोगविरुद्ध दुई रिट दर्ताको जानकारी दिनुभयो । उहाँले एउटा रिट दर्ता भइसकेको र अर्को दर्ता हुने क्रममा रहेको बताउनुभयो ।

महाभियोगविरुद्ध अधिवक्ता पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले संवैधानिक रिट दर्ता गर्नुभएको हो । रिटमा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग लगाइएको भन्दै महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी गरेका थिए ।

रिटमा संघीय संसद् सचिवालय, सभामुखलगायतलाई विपक्षी बनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस