फागुन १२, एजेन्सी । युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो शासनमा यस्तो नहुने थियो बताएका छन् । युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘मेरो शासनमा यस्तो हुँदैनथ्यो ।’

डोनल्ड ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा पुटिनले पहिला यस्तो गर्न चाहन्थे भनेर आफूलाई विश्वास नभएको बताए । ट्रम्पले भने, ‘मलाई लाग्छ कि उनी कुराकानी गर्न चाहन्थे तर यो मामिला बिग्रँदै गयो र पुटिनले यसमा कमजोरी देखे ।’ ट्रम्पले भने, ‘मलाई लाग्छ कि युक्रेनमाथि रुसी हमला अफगानिस्तानसँग अमेरिकी फौजको फिर्तीसँगै उब्जिएको कमजोरीले सुरु भयो ।’