• २०८३ बैशाख ५ गते शनिवार

एमालेले टुंगो लगायो महानगर र उपमहानगरको उम्मेदवार [नामावली]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १०, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले ४ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको छ ।

जसमा काठमाडौंको मेयरमा बागमती प्रदेश सांसदसमेत रहेका स्थापित उम्मेदवार बनाउने भएको छ । उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय छ । डंगोल पूर्व मिस नेवा हुन्।

यस्तै, ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाउने निर्णय भएको छ । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङ उम्मेदवार बन्ने भएका छन् ।

र, भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी छ ।

यी हुन् उपमहानगरपालिकाका उम्मेदवार –

धनगढी : प्रमुख रणबहादुर चन्द, उपमा एमाप्रमुख कन्दकला राना थारु
नेपालगञ्ज : प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल
तुलसीपुर : प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी
घोराही : प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी
बुटवल : प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल
हेटौंडा : अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले
धरान : प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब
इटहरी : प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी
कलैया : विनोद साह

Sharing

प्रतिक्रिया दिनुहोस