फागुन २१, बुटवल । अर्घाखाँचीमा साढे १ बजेसम्म ३२ प्रतिशत मतदान भएको छ । दिउँसो साढे १ बजेसम्म ५६ हजार भन्दा बढी मत खसेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिएका छन् ।

जिल्लामा २११ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । अर्घाखाँचीमा १ लाख ७१ हजार ६६२ मतदाता रहेका छन् ।