• २०८३ बैशाख १७ गते बिहिवार

महिला प्रहरी मृत्युको छानविन गर्न समिति गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, काठमाडौं । महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु हुने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।

तीनदिन अघि भएको घटनामा परी २५ जना प्रहरी घाइते भएका थिए भने ७ जनासम्म सर्वसाधारण घाइते भएका थिए । स्थानीय विद्यालयका शिक्षकले १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेपछि पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीय आक्रमण गरेका थिए । उनीहरूको चक्कु प्रहारबाट महिला प्रहरी जवान श्रेष्ठको ज्यान गएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस