• २०८३ जेष्ठ १ गते शुक्रवार

ब्राउन सुगरसहित दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९,काठमाडौं । ४७ ग्राम ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं.५ फर्पिङ चेकपोष्टमा खटिएको प्रहरी टोली चेकजाँच गर्ने बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं मच्छेगाउँ बस्‍ने ३१ वर्षीय बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घर भई कलंकी बस्‍ने २० वर्षीय रमेश यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन,२०३३ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस