• २०८३ बैशाख १० गते बिहिवार

प्रतिबन्धले विश्व बजार र अमेरिकीलाई पनि असर पार्छ : रुसी राजदूत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, एजेन्सी । पश्चिमा प्रतिबन्धले विश्व बजार प्रभावित हुने अमेरिकीहरुको भलाईमा पनि असर पार्ने अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले बताएका छन् ।

यसले मस्कोलाई उसको विदेश नीति परिवर्तन गराउन बाध्य नहुने एन्टोनोकोभनाई उद्धृत गर्दै रुसको नोभोस्टि समाचार संस्थाले जनाएको छ ।  ‘हामी बिरुद्धको प्रतिबन्धले विश्वव्यापी वित्त र उर्जा बजारमा हानी पु¥याउनेमा कुनै शंका छैन,’ उनले भने ।

यसबाट अमेरिका र सर्वसाधारण अमेरिकी पनि प्रभावित हुने चेतावनी उनले दिएका छन् । उनीहरुले मूल्य वृद्धिको सामना गर्नु पर्ने समेत बताएका छन् । रुसमाथि अमेरिकी आर्थिक एक्सपोजर तुलनात्मक रुपमा सानो छ, तर राष्ट्रपति बाइडेन स्वयंले रुसमाथि प्रतिबन्ध लगाउनाले अमेरिकामै पनि उर्जाको मूल्यमा असर पर्न सक्ने पाएको विश्लेषकहरुले बताएका छन् ।

‘अमेरिकी जनताले प्रजातन्त्र र स्वतन्त्रताको रक्षा कुनै क्षति बिना हुनुपर्ने बुझेका छन्,’ बाइडेनले पहिलेनै भनेका थिए । ‘यो पीडाबिना हुन सक्छ भनेर म ढाँट्दिनँ,’ उनको अभिव्यक्ति थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस