• २०८३ बैशाख ६ गते आइतवार

अमेरिकाद्वारा रुस विरुद्ध नाकाबन्दीको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, एजेन्सी। अमेरिकाले रुस विरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको छ । युक्रेनबाट छुट्टिन खोजेका दुई वटा प्रान्तलाई रुसले स्वतन्त्र देशको मान्यता दिंदै तिनीहरुको सुरक्षाका लागि भन्दै सेना पठाएको प्रतिक्रिया स्वरुप अमेरिकाले नाकाबन्दी लगाएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गएराती जारी गर्नुभएको नाकाबन्दी सम्बन्धि आदेश अनुसार अब रुसलाई पश्चिमा वित्त बजारमा निषेध गरिने छ । रुसले पश्चिमा देशहरुबाट कुनै पनि आर्थिक सहयोग गर्न पाउने छैन । त्यस्तै रुसले युरोपसहित पश्चिमा देशहरुसंग नयाँ ब्यापार गर्न पनि पाउने छैन ।

राष्ट्रपति बाइडेनले रुसले छिमेकी देशको सार्वभौमिकतामाथि हनन् गरेको भन्दै रुस यो भन्दा अघि बढ्यो भने आफूहरु कठोर जवाफ दिन तयारी अवस्थामा रहेको चेतावनी पनि दिनुभएको छ । रुसका ब्यापारिक समूह तथा संभ्रान्तहरुलाई पनि पश्चिमा संसारमा प्रवेश गर्न रोक लगाउने चेतावनी पनि अमेरिकी राष्ट्रपति बाइडेनले दिनुभएको छ ।

रुसले हिजो युक्रेनबाट छुट्टिनका लागि पृथकतावादी आन्दोलन चलाउँदै आएका डोनेत्स्क र लुहान्स्क नामका दुई प्रान्तलाई स्वतन्त्र देशको मान्यता दिएको थियो । रुसी कदमलाई अमेरिकासहित पश्चिमा देशहरुले युक्रेनमाथिको आक्रमणको सुरुवात भनेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस