• २०८३ बैशाख १० गते बिहिवार

 मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९,काठमाडौं ।मनाङ मर्स्याङ्दी क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।आइतबार घरेलु मैदान पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोलले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो।मनाङले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ६६ मिनेटमा रूपेश केसीले गोल गर्दै मनाङलाई अग्रता दिलाए।

पुलिसका डिफेन्डर अजित भण्डारीले गरेको गल्तीको फाइदा उठाउदै रुपेशले गोल गरेका थिए। अजितले क्लियर गर्न नसकेको बलमा एडिलाजाले दिएको पासमा रुपेशले गोल गरेका थिए।८८ मिनेटमा मनाङले अग्रता दोब्बर पार्‍यो। मनाङका लागि ओलावाले अफिजले एकल प्रयासमा गोल गरेका थिए।अब मनाङले सेमिफाइनलमा माघ १३ गते थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ।

यसअघि नेपाल एपिएफ क्लबले पनि अन्तिम चारमा स्थान बनाएको थियो।प्रतियोगिताको अर्को क्वार्टरफाइनलमा भोलि संकटा क्लब र मछिन्द्र क्लबबीच खेल हुनेछ। अन्तिम क्वार्टरफाइनलमा आर्मी र थ्रीस्टार पर्सी भिड्नेछन्।

Sharing

प्रतिक्रिया दिनुहोस