माघ ९, काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ ३०० रुपैयाँले घटेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँमा झरेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घट्दै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।