• २०८३ बैशाख ४ गते शुक्रवार

भक्तपुरको चाँगुनारायणमा  मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोटमा ३५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका घर भई दुवाकोटमा बस्ने मोहन बस्नेत आइतबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बस्नेत आफू बस्दै आएको टहरामा फलामको पाइपमा नाम्लोको पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले  बताए । उनी पूर्व सैनिक हुन् । बस्नेतले केही महिनाअघि सेनाबाट अवकाश पाएका थिए । २०५९ मा सेनामा भर्ना भएका उनले युद्धमा खुट्टा गुमाएका थिए । बस्नेका परिवार भक्तपुरमा तरकारी खेती गर्छन् । उनको शव पोष्टमार्टमका लागी अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस