• २०८३ बैशाख २३ गते बुधवार

सिटिजन्स लाइफको आज विशेष साधारणसभा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, काठमाडौं । सिटिजन्स लाइफ इन्स्याेरेन्सको विशेष साधारणसभा हुँदै छ । कुपन्डोलकाे होटल हिमालयमा शुक्रबार अपरान्ह ३ बजेदेखि सभा सुरु हुनेछ ।

बिमा कम्पनीहरूमा पुँजीवृद्धिको चटारो चलिरहँदा सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले सभामा मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पेस गर्नेछ । साथै सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस