• २०८३ बैशाख १७ गते बिहिवार

रुससँग नेटो डरायो : जेलेन्स्की

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ८, एजेन्सी । ​रुस र युक्रेनबीचको लडाइँ भएको झन्डै एक महिना पुग्न लागिसक्यो । युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले नेटोसँग युुक्रेनलाई आफ्नो गठबन्धनमा स्थान दिने कि नदिने भनेर सोधेका छन् । उनले रुससँग नेटो डराएको कुरा नै वास्तविकता भएको बताए । यसैगरी युक्रेनको विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि डोनबासको डोनेट्स्क र लुहान्स्कबाट लगभग २५०० युक्रेनी बच्चा अपहरण गरेर रुस पठाएको आरोप लगाएका छन् ।

अर्कोतिर युक्रेन युद्धका कारण युरोपमा शरणार्थी संकट लगातार बढिरहेको छ । जर्मनका विदेश मन्त्रीले युरोपेली संगठनलाई ८० लाख युक्रेनी शरणार्थीका लागि तयार हुन आग्रह गरेका छन् । यूएनएचआरसीको रिपोर्ट बमोजिम हालसम्म युक्रेनका १ करोडभन्दा बढी नागरिक शरणार्थीको रुपमा देशभित्रै वा बाहिर गइसकेका छन् ।

युक्रेनी जनतामाथि रुसी सेनाको गोलीबारी

​रुसी सेनालाई अब युक्रेनी सेनाका साथै सर्वसाधारणको विरोध पनि सामना गर्नु परेको छ । सोमबार खेर्सोनको फ्रिडम स्क्वायरमा ठूलो संख्याका मानिस जम्मा भएर हमलाको विरोध गरेका थिए । यसपछि रुसी सेनाले भिडलाई नियन्त्रण गर्न गोलीबारी र ग्रेनेड प्रहार गरेको थियो ।

युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले रुसले मारियुपोललाई जलाएर खरानी बनाए पनि यो शहर पुनः जीवित अवस्थामा फर्कने बताएका छन् । उनले युक्रेनी जनतालाई अपिल गर्दै आफ्नो देशको रक्षा, जनतालाई बचाउन जे गर्न सकिन्छ त्यो गर्न आह्वान गरेका छन् । यसैगरी युरोपेली संघका विदेश नीतिका प्रमुख जोसेप बोरेलले भने, ‘मारियुपोलमा जे भइरहेको छ, त्यो एक ठूलो युद्ध अपराध हो ।’

Sharing

प्रतिक्रिया दिनुहोस