• २०८३ असार ३ गते बुधवार

सरकार तिमी कसको ?

सत्य राम कासिछ्वा पढ्न लाग्ने समय : १ मिनेट

हरेक वर्ष जनता बाढीपहिरो शितलहरमा पिडित
सरकार माला, खादा उद्घाटन शिलान्यासमा रमाउने
सरकार तिमी कसको ?

जनताको सामान्य समस्याको समाधान नै नगर्ने
तिमीले एमसीसीको पैसामा बेच्दैछ संविधान
सरकार तिमी कसको ?

नेपालीको कालापानी, लिम्पियाधुरा लिपुलेक
जनगणनामा प्रवेश नदिँदा नि गठबन्धनको विवेक कहाँ गयो
सरकार तिमी कसको ?

सत्ता परिवर्तनको लागि न्यायालयले दिन सक्ने परमादेश
राष्ट्रघाती एमसीसी खारेजका लागि किन दिएनन् आदेश
सरकार तिमी कसको ?

लामो संघर्षको जनादेश उल्टाउन प्रेरित गठबन्धन
देशलाई बन्धक बनाउने एमसीसी किन स्वीकार्ने
सरकार तिमी कसको ?

सूर्यमढी -९, भक्तपुर

Sharing

प्रतिक्रिया दिनुहोस