भदौं ५, काठमाडौं । कास्की, अर्घाखाँची, बाँके र रसुवामा चार जना मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा सयपत्री टोल नजिकै खेतमा माछापुछ्रे गाउँपालिका–६ धिताल बस्ने ८४ वर्षीय दुर्गे परियार आइतबार मृत अवस्थामा फेला परेका छन् ।

अर्घाखाँचीको सितगंगा नगरपालिका–११ गुन्द्रुकखोलास्थित गैरे सामुदायिक वनमा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ लग्धवा गाउँस्थित कच्चि बाटोको बीचमा रहेको पानी जमेको खाल्डोमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ दोक्लाङस्थित जंगलमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।