• २०८३ बैशाख ९ गते बुधवार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौं ५, काठमाडौं  । बैंकिङ कसूर मुद्दाका एक जना फारार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीया सबिना थापा रहेकी छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७९ असार ७ गते उनलाई बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १२ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो ।

त्यसरपछि फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।

थापाले आफ्नो खातामा प¥याप्त मौज्दात रकम नभएको एनआईसी एशिया बैंक लिमिटेड भक्तपुर ठिमीमा रहेको उनको बैंक खाताबाट दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस