• २०८३ भाद्र २ गते मङ्गलवार

मकवानपुरको मनहरीमा कार दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, मकवानपुर। मकवानपुरको मनहरीमा कार दुर्घटना भएको छ । दुर्घटनामा हेटौंडा–९ का योग्यराज सापकोटा गम्भीर घाइते भएका छन् ।

शनिबार बिहान मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको सापकोटा सवार प्रदेश–३–०१ ०२४ च २९३१ नम्बरको कार रोकिराखेको ट्यांकरसँग ठक्कर खाएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त कारमा सापकोटासहित उनकी श्रीमती, उनका दुईजना बच्चा रहेको र सबै घाइते भएको जनाइएको छ ।

घाइते ४ जनालाई उद्धार गरी उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको जनाइएको छ । सापकोटाको र उनकी श्रीमतीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस